भिमादमा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै

पाेखरा | जेठ २३, २०८१

भिमादमा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै तस्बिर फाइल

पोखरा:     तनहुँको भिमादमा आगामी शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही जेठ २५ र २६गते प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सह–आयोजनामा तनहुँको भिमादमा प्रतियोगिता हुन लागेको हो । 


प्रतियोगितामा ३६ स्वर्ण,३६ रजत र ७२ काश्य गरि १ सय ४४ पदकका लागि पुरुष स्पाईरिङ तर्फ २० देखि ८५ केजि तौल समुहमा प्रतिस्पर्धा हुने प्रदेश सदस्य तथा कार्यक्रम  व्यवस्थापक विशाल बुढामगरले जानकारी दिए ।


उनका अनुसार प्रतियोगितामा महिला तर्फ २० देखि ६५ केजि समुहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरि महिला तथा पुरुष प्याट्रन तर्फ हरियो,निलो,रातो कलर वेल्ट तथा प्रथम,दोस्रो र तेस्रो डान समुहमा प्रतिस्पर्धा हुने छ ।


तनहुँ , बागलुङ , कास्की , पर्बत , स्याङ्जा , नवलपुर , लमजुङ लगाएत सात जिल्लाका खेलाडीहरुले सहभागिता जनाउदै छन् । प्रत्येक सहभागि जिल्लाबाट ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरि २ सय ५० भन्दा बढीको सहभागिता हुने छ ।


प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदको विकास र विस्तारले महत्वपुर्ण भुमिका खेल्ने प्रदेश उपाध्यक्ष आकाशचन्द्र घर्तीमगरले विश्वास व्यक्त गरे । उनले यो पटक भिमादमा हुने प्रदेश स्तरिय कार्यक्रमले यहाँका विभिन्न पर्यटकिय गन्तव्यहरुलाई खेलकुदका माध्यमबाट पर्यटनसंग जोड्ने बताए ।

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्